aarthiknews.com मंगलबार, ०२ असार २०८३   Tuesday, 16 June, 2026
 

फिल्म हलको कम्पाउण्डभित्र टुकुचा खोला

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ३० भदौ २०७९
फिल्म हलको कम्पाउण्डभित्र टुकुचा खोला

काठमाडौं । टुकुचा खोला खोज्ने क्रममा काठमाडौँ महानगरपालिकाले आज जय नेपाल हलको कम्पाउण्डभित्र उत्खनन गरेको छ । करिब एक महिनादेखि अवैध संरचना भत्काउन लागेको कामपाको ध्यान आज टुकुचा खोज्नतर्फ गएको हो । खोलामाथि संरचना निर्माण भएको सूचना प्राप्त भएको आधारमा आज कामपाले उत्खनन कार्य गरेको हो । कामपाले नक्साअनुसार मार्किङका आधारमा डोजर चलाउँदा खोला भेटिएको कामपा प्रमुख बालेन्द्र साहको सचिवालय सदस्य सुनिल लम्सालले जानकारी दिए । 

नारायणहिटी दरबार क्षेत्रबाट करिब १२ मिटर चौडाइमा बगेको उक्त खोला सो क्षेत्रमा आइपुग्दा गायब भएको हुनाले उत्खनन गर्नुपरेको सदस्य लम्सालले बताए । विगत लामो समयदेखि नै नागरिकले खोला अतिक्रमण गरेर संरचना निर्माण भएको हुनाले जुनसुकै समयमा समस्या आउनसक्ने भन्दै कामपासँग उत्खननको माग गर्दै आइरहेका छन् । 

प्रतिक्रिया दिनुहोस