
काठमाडौं । चालू आर्थिक वर्ष पहिलो महिना अर्थात् गत २२ साउनमा अर्ब ६३ करोड शोधानान्तर घाटा देखिएको छ । भित्रिनेभन्दा बाहिरिने रकम बढी हुँदा शोधानान्तर घाटा हुने गर्छ ।
सरकारले विलासिताका सामग्री आयात निर्यातमा कडाइ गर्दासमेत पेट्रोलियम पदार्थ आयातमा कमी नआएकाले र रेमिट्यान्स एवं पर्यटक आगमनमा कमी आएपछि शोधानान्तर घाटा भएको छ । यद्यपि, यो घाटा गत वर्ष साउनभन्दा चाहिँ कम हो । गत वर्ष साउनमा शोधनान्तर घाटा ३८ अर्ब ७५ करोड थियो ।
नेपाल राष्ट्र बैंकले आयातलाई निरुत्साहन गर्न लिएको नीति प्रभावका कारण शोधनान्तर घाटामा विस्तारै कमी आएको अनुमान गरिएको छ । त्यस्तै, आयातमा आएको गिरावटसँगै साउनमा चालू खाता १६ अर्ब २६ करोडले घाटामा छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३१ अर्ब ३ करोड रुपैयाँले कम हो । अघिल्लो वर्ष सोही अवधिमा चालू खाता ४७ अर्ब २९ करोडले घाटामा थियो ।
१ खर्ब १६ अर्ब ४८ करोड व्यापार घाटा
नेपाल राष्ट्र बैंकद्वारा बिहीबार सार्वजनिक ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी चालू आर्थिक वर्ष पहिलो महिनाको तथ्यांक’अनुसार निर्यात व्यापार बढेको देखिए पनि आयात बढ्दा व्यापार घाटामा कमी आउन सकेको छैन ।
आर्थिक वर्ष २०७९/८० पहिलो महिना कुल वस्तु निर्यात २८ दशमलव ७ प्रतिशतले कमी आई १४ अर्ब ८१ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात १ सय १५ दशमलव ९ प्रतिशतले वृद्धि भएको थियो ।
गन्तव्यका आधारमा भारत र चीनतर्फ भएको निर्यात क्रमश स् ३६ दशमलव ५ प्रतिशत र २४ दशमलव ४ प्रतिशतले घटेको देखिए पनि अन्य मुलुकतर्फको निर्यात ५ दशमलव ७ प्रतिशतले बढेको छ । वस्तुगत आधारमा पाम तेल, जिंक सिट, तयारी पोसाक, औषधि (आयुर्वेदिक), पार्टिकल बोर्डलगायत वस्तु निर्यात बढ्दा सोयाबिन तेल, पिना, जुटका सामान, जुस, अलैंचीलगायत निर्यात भने घटेको प्रतिवेदनमा उल्लेख छ ।
राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७९/८० को पहिलो महिनामा कुल वस्तु आयात भने १२ दशमलव ९ प्रतिशतले कमी आई १ खर्ब ३१ अर्ब २९ करोड रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ७५ दशमलव ७ प्रतिशतले बढेको थियो ।
वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः १२ दशमलव १ प्रतिशत, १० दशमलव ५ प्रतिशत र १५ दशमलव ९ प्रतिशतले कमी आएको छ ।
प्रतिक्रिया दिनुहोस