काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) को फुजेरामा ११ महिनादेखि ९ नेपाली युवा जेलमा रहेका छन् । उनीहरूलाई यूएईको फुजेरास्थित सेन्ट्रल जेलको उड ब्लकमा राखिएको छ ।
उनीहरु ‘भिजिट भिसा’ मा यूएई पुगेका थिए । जेलमा थुनिनेहरुमा धरानका साजन राई, स्याङ्जाका शिवबहादुर थापा, ललितपुरका हिमाल श्रेष्ठ, सिन्धुलीका बुद्धिबहादुर थिङ, नवलपरासीका चोपबहादुर पुन, दोलखाका लक्ष्मण घिमिरे, सिन्धुपाल्चोकका प्रकाश भुँजेल, सिन्धुपाल्चोककै विनोद लामा र पाल्पाका सूर्यबहादुर नेपाली छन् ।
पीडितहरूले विनाकारण जेलमा परेको भन्दै आबुधावीस्थित नेपाली दूतावास र गैरआवासीय नेपाली संघ ९एनआरएनए० यूएईसमक्ष उद्दारका लागि गुहार मागेका छन् ।
दुतावास र एनआरएनएलाई पठाएको पत्रमा उनीहरूले ११ महिनादेखि विना कसुर जेलमा फसेको उल्लेख गरेका छन् । ‘हामीहरू फरक फरक एजेण्टमार्फत भिजिट भिसामा आएका थियौँ । इन्टरनेट सिटीमा रहेको एक चाइनिज व्यक्तिले भिसा लगाइ दिन्छु भन्दै आठ महिनासम्म बन्धक बनाएर राखेको थियो,’ पत्रमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस