aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

खानेपानी संस्थानमा ४६ जना आफन्त भर्ना गर्दै मन्त्री चौधरी

  • आजको राजधानी दैनिकबाट
    आजको राजधानी दैनिकबाट
  • शुक्रबार, ३१ भदौ २०७९
खानेपानी संस्थानमा ४६ जना आफन्त भर्ना गर्दै मन्त्री चौधरी

काठमाडौं । खानेपानीमन्त्री उमाकान्त चौधरीले खानेपानी संस्थानमा हस्तक्षेप गरी आफूनिकटका झन्डै ५० कर्मचारी भर्नाको अन्तिम गृहकार्य गरेका छन् ।

मन्त्रीको हस्तक्षेप र चलखेलको विरोध गरेकै कारण कर्मचारी पदपूर्ति समिति संयोजक तथा बोर्ड सदस्य निरकुमारी कुँवर दर्लामीलाई पदपूर्ति संयोजक पदबाट हटाइएको छ । उनलाई हटाएपछि पदपूर्ति समितिले एकतर्फी रूपमा प्रक्रिया थाल्ने तयारी गरिएको बताइएको छ ।

खानेपानी संस्थानमा आफूनिकटका ४६ जना भर्ना गर्ने मन्त्री चौधरीको तयारी

कर्मचारी भर्नामा असहमति राखेपछि बोर्ड सदस्य एवं पदपूर्ति समिति संयोजकबाट दर्लामीलाई हटाएर उनको स्थानमा मन्त्रालयबाटै आफूनिकट सहसचिव तिरेशकुमार खत्रीलाई संयोजकका रूपमा लगेका छन् ।

खानेपानी संस्थानमा भएका अनियमितता र बद्मासीबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि केही समयअघि उजुरी परेको थियो । अख्तियारले त्यसको छानबिन गर्न संस्थान नेतृत्वलाई लिखित पत्राचार गरे पनि अध्यक्ष गुणाखर भुसालले अख्तियारको निर्देशनको बेवास्ता गरेका छन् ।

भुसाल अहिले आफैं मन्त्रीको निर्देशनअनुसार ‘गलत कार्यमा संलग्न रहेकाले अख्तियारको निर्देशन बेवास्ता गरेको’ संस्थानका कर्मचारीको दाबी छ ।

प्रतिक्रिया दिनुहोस