aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

प्रहरी आवश्यक गाडी १४ सय, खरिद गर्दै १ सय ८० वटा

  • आजको राजधानी दैनिकबाट
    आजको राजधानी दैनिकबाट
  • शुक्रबार, ३१ भदौ २०७९
प्रहरी आवश्यक गाडी १४ सय, खरिद गर्दै १ सय ८० वटा

काठमाडौं । नेपाल प्रहरी, सशस्त्र प्रहरी र गृह मन्त्रालयले आगामी ४ मंसिरमा हुने ‘प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सुरक्षा व्यवस्थापनका लागि’ भन्दै गाडी किन्ने प्रक्रिया अघि बढाएका छन् ।

नेपाल प्रहरीले सुरक्षा व्यवस्थापनका लागि सवारीसाधन अभाव भएको बताउँदै आएको छ । निर्वाचन नजिकिँदै जाँदा प्रहरीले सुरक्षा व्यवस्थापनका लागि सवारीसाधन भाडामा लिने तयारीसमेत गरेको छ ।

नेपाल प्रहरीले देशभरका प्रहरी कार्यालयमा गरी सुरक्षा व्यवस्थापनअन्तर्गतका काममा १४ सय सवारीसाधन आवश्यक रहेको बताएको हो । तर, सरकारले आगामी निर्वाचनका लागि नेपाल प्रहरीलाई नयाँ सवारीसाधन खरिद गर्न ७५ करोड बजेटको स्रोत सुनिश्चितता दिएको छ ।

– सशस्त्र र गृहसमेत गाडीतिर, अपुग भाडामा लिइने

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी टेकप्रसाद राइले देशभर गरी सुरक्षा व्यवस्थापनका लागि नेपाल प्रहरीलाई १४ सय सवारीसाधन आवश्यक रहेको जानकारी दिए ।

‘प्रहरीलाई सुरक्षा व्यवस्थापनका लागि देशभर १४ सय सवारी चाहिएको छ तर ७५ करोड बजेट सुनिश्चित भएको छ,’ केन्द्रीय प्रहरी प्रवक्ता राईले राजधानीसँग भने, ‘प्रतिसवारी ५० लाख नबढ्नेगरी खरिद गर्न भनिएकाले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका अघि बजेटले भ्याउनेगरी सवारीसाधन खरिद गर्न प्रक्रिया अघि बढेको छ ।’

प्रतिक्रिया दिनुहोस