aarthiknews.com मंगलबार, ०२ असार २०८३   Tuesday, 16 June, 2026
 

विद्युत प्राधिकरणमा खुल्यो ठूलो संख्यामा जागिर

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ३१ भदौ २०७९
विद्युत प्राधिकरणमा खुल्यो ठूलो संख्यामा जागिर

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले ठूलो मात्रामा कर्मचारीहरुको माग गरेको छ । आजको गोरखापत्र दैनिकमा सूचना प्रकाशित गरी प्राधिकरणले आन्तरिक प्रतियोगितात्मक परीक्षाका लागि आवेदन फारम भर्नको लागि आव्हान गरेको हो ।

शुक्रबार प्रकाशित सूचनामा लोकसेवा आयोगबाट लिइने आन्तरिक प्रतियोगितात्मक लिखित परीक्षाद्वारा पदपूर्ति गर्नु पर्ने भएकोले दरखास्त दिने अन्तिम मितिसम्ममा आवेदन दिने पदभन्दा एक तह मुनिको आफू बहाल रहेको सम्बन्धित सेवा/समूह/उपसमूह अन्तर्गतका पदमा कर्मचारी सेवा, सर्त, विनियमावली, २०७५ (संशोधनसहित)मा तोकिए अनुसारको सेवा अवधि पुरा गरेका र न्यूनतम शैक्षिक योग्यता पुगेका उम्मेदवारहरुबाट  सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र प्राधिकरणको वेभसाइटमा गइ दरखास्त दिन आव्हान गरिएको छ । 


 

प्रतिक्रिया दिनुहोस