काठमाडौं । नेपालको डिजीटल बिकासमा उल्लेखनिय भूमिका निभाइरहेका दुई संस्था उपाय र इसेवाले हालै व्यापारीक सहकार्य गर्ने सम्झौता गरेका छन् । जस अनुसार अब उपायको घर सार्ने र ढुवानी सेवा, इसेवाको एपमार्फत पनि उपभोक्ताहरुलाई उपलब्ध हुने छ ।
प्रारम्भिक चरणमा, इसेवाले आफ्नो एपमा “घर सराई सेवा” समावेश गर्नेछ । एपप्रयोगताहरुले एउटा साधारण फारम भरेर सो सेवाको लागि अनुरोध पठाउन सकिनेछ । उपभोक्ताले आफ्नो रोजाईको सेवा र गाडी पनि छान्न सकिनेछ ।
अशोज महिनादेखि यो एपमार्फत उपायले मोटरसाइकल, कार्गो भ्यान, मिनी ट्रक र पिकअप ट्रकको माध्यमबाट ढुवानी सेवा पनि उपलब्ध गराउने छ । उपायका प्रवन्ध निर्देशक सुमन रायमाझीले भने ‘यो साझेदारीले घर सार्ने र बल्क डेलिभरीको आम उपभोक्ताको आधारभुत आवश्यकता पुरा गर्न मद्दत पुग्ने छ भन्ने कुरामा हामी विश्वस्त छौँ ।’ इसेवाकाबिजनेस डेभलपमेन्ट हेड आशिष पछाईले भन्नुभयो ‘इसेवाले जहिले पनि आम जनतालाई सहज हुने किसिमका सेवाहरु प्रदान गर्दै आइरहेको छ र आगामी दिनमा पनि ग्राहकलाई सहज हुने यस किसिमका सेवाहरु थप गर्दै जानेछौँ ।’
प्रतिक्रिया दिनुहोस