aarthiknews.com मंगलबार, ०२ असार २०८३   Tuesday, 16 June, 2026
 

सामूहिक विद्यालय परिवारको मेमोरी खेल कार्यक्रम सम्पन्न

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ३१ भदौ २०७९
सामूहिक विद्यालय परिवारको मेमोरी खेल कार्यक्रम सम्पन्न

भैरहवा । सामूहिक विद्यालय परिवार रुपन्देहीले मेमोरी खेल गरेको छ । कक्षा १, २ र ३ मा अध्ययनरत विद्यार्थीहरुलाई ४० ओटा फरक फरक वस्तुहरु राखेर पहिचान गर्न लगाउने खेल गरेको हो । शुक्रबार भैरहवामा आयोजित कार्यक्रममा सामूहिक विद्यालय परिवार रुपन्देहीका १७ विद्यालयका १७ छात्र र १७ छात्रा गरी ३४ जना विद्यार्थीहरु कार्यक्रममा सहभागी थिए । 

छात्र र छात्रा गरेर भएको कार्यक्रममा छात्र तर्फ मनकामना बोर्डिङ हाइ स्कुलका अबसोज खान प्रथम, सनसाइट बोर्डिङ स्कुलका अनिस चौधरी दोस्रो, लुम्बिनी शिक्षा निकेतका शाहिल खान तेस्रो र युनिकहोम स्कुलका आयुसेक घर्ती सान्त्वना भएका थिए । त्यस्तै छात्रा तर्फ स्पाङगल बोर्डिङ स्कुलकी प्रतीक्षा कुर्मी प्रथम, मिनर्हवा हाइ स्कुलकी लिजा गुरुङ दोस्रो, मनकामना हाइ स्कुलकी सरिना क्षेत्री तेस्रो र एभ्रेष्ट मोर्डन स्कुलकी प्रिङ्का जैसवाल सान्त्वना भएकी थिइन् ।

कार्यक्रममा बोल्दै सिद्धार्थनगर नगरपालिका वडा नम्बर १ का अध्यक्ष उज्जवल पोखरेलले विद्यार्थीको अतिरिक्त सिकाइको लागि सामूहिक विद्यालय परिवारले कार्यक्रम गरेको बताउँदै विद्यार्थीको चौतर्फी विकासका लागि निरन्तर रुपमा विद्यालय लाग्न आग्रह गरे ।

मानिसको सर्ट मेमोरी र लङ मेमोरी मध्ये सामूहिक विद्यालय परिवारले आयोजना गरेको मेमोरी गेम सर्ट मेमोरी भएको बताउँदै विद्यार्थीहरु हरेक क्रियाकलापमा सक्रिय हुनु पर्ने सामूहिक विद्यालय परिवार रुपन्देहीका अध्यक्ष उदयकुमार मल्लिकले बताए ।

मानिसको स्मरण शक्ति भएकोले सर्वश्रेष्ठ प्राणि भएको बताउँदै विद्यार्थीहरुले लगनशील भएर अध्ययन गर्नु पने सामूहिक विद्यालय परिवार रुपन्देहीका पूर्व अध्यक्ष राजकुमार गुरुङले बताए । सामुहिक विद्यालय परिवार रुपन्देहीका १८ विद्यालय मध्ये १७ विद्यालयले कार्यक्रमा सहभागिता जनाएका थिए ।

प्रतिक्रिया दिनुहोस