aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

सेन्चुरी फुड एण्ड वेभरेज एण्ड हस्पिटालिटी २०२२ भृकुटी मण्डपमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ३१ भदौ २०७९

काठमाडौं । सेन्चुरी फुड एण्ड बेभरेज एण्ड हस्पिटालिटी २०२२ काठमाडौंको भृकुटी मण्डपमा भाद्र ३१ देखि असोज २ गतेसम्म शुरु भएको छ । यो एक्स्पो खाद्य, पेय पदार्थ र आतिथ्यतामा विशेष केन्द्रित छ । नेपालमा यस क्षेत्रको बृद्धिका लागि मान्यता प्राप्त यो एक मात्र एक्स्पो हो ।

विगतका दशकमा होटल, रेस्टुरेन्ट, बार, क्याफे, बेकरी र पार्टी प्यालेसहरू अपेक्षाभन्दा धेरै बढेको छन् । त्यसैगरी, टेक–अवे फूड आउटलेट, फाष्ट फुड क्याफे, किराना पसल र सुपर मार्केटहरू पनि हाम्रो छर छिमेकमा उल्लेख्य संख्यामा खुलेका छन् ।

गत कोरोनाकाल अर्थात् तीन वर्ष पश्चात, विगतका बर्षहरु मध्ये यस बर्ष पनि हुन लागेको सेन्चुरी फूड एण्ड वेभरेज एण्ड हस्पिटालिटी २०२२ सबैभन्दा महत्त्वपूर्ण संस्करण हुने आयोजकले जनाएको छ ।
 

प्रतिक्रिया दिनुहोस