काठमाडौं । नेपालमा ठूला लगानीका पर्यटन उद्योग स्थापना गर्न र पर्यटन क्षेत्रको पूर्वाधार बलियो बनाउन सरकार कमजोर भएको छ ।
ठूला पर्यटन पूर्वाधारमा विदेशी लगानी आकर्षण गर्न नक्सदा साना होटल रेस्टुाराँमै विदेशी लगानी सिमित भएका छन् ।
उद्योग विभागका अनुसार हालसम्म पर्यटन क्षेत्रमा गरेको विदेशी लगानीमध्ये अधिकांश होटल र रेस्टुँराँमा छन् ।
चालु आर्थिक बर्षको साउन महिनाको मसान्तसम्म मात्र पर्यटन अन्र्तगत होटल रेष्टुरामा २ अर्व ३७ करोड वैदेशीक लगानी भित्रिएको छ । साना, मझौला र ठूला अन्र्तगतका होटलहरु रहेका छन् ।
यस्ता पर्यटन उद्योग काठमाडौं लगायतका जिल्लामा विदेशीले होटल तथा रेष्टुरेन्टमा लगानी गर्ने जनाएका छन् । विभागको तथ्यांक अनुसार यी सबै होटल तथा रेष्टुरेन्ट सञ्चालनमा आएपछि करिव ६ सय २४ जनाले प्रत्यक्ष रोजगारी पाउने बताएका छन् ।
गत आर्थिक बर्षमा साना, मझौला र ठुला १ सय ३१ होटलमा १० अर्ब ५३ करोड ८० लाख ९० हजार वैदेशीक लगानी भित्रिएको छ ।
विभिन्न तारे होटल लगायत रेष्टुरामा समेतमा वैदेशिक लगानी भित्रिने क्रम बढी रहेको उद्योग विभागका सूचना अधिकारी विनोद खड्काले जानकारी दिए । गत बर्ष मात्रै होटल र रेष्टुरामा रोजगारी पाउनेको संख्या ४ हजार ३ सय ४७ रहेको छ ।
यसमा पनि नेपालको विकासको मुहार फेर्न सक्ने र दीर्घकालिन उपलब्धि हुन सक्ने योजनाको रूपमा अगाडि सारिएको ठूला पूर्वाधार मात्रै हो । यस्तो ठूला पूर्वाधार मध्येको सरकारले विदेशी लगानी खोजेको क्षेत्र हो होटल ।
प्रतिक्रिया दिनुहोस