aarthiknews.com मंगलबार, ०२ असार २०८३   Tuesday, 16 June, 2026
 

गैरसरकारी संघसंस्था किर्ते कागजात बनाएर अपारदर्शी काम गरेको आरोप

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ०१ असोज २०७९
गैरसरकारी संघसंस्था किर्ते कागजात बनाएर अपारदर्शी काम गरेको आरोप

सिन्धुली  । कमलामाई नगरपालिकाका प्रमुख उपेन्द्र कुमार पोखरेलले गैरसरकारी संघसंस्थामा आर्थिक पार्दशिता नभएको बताएका छन । राष्ट्रिय सूचना आयोगले शुक्रबार सिन्धुलीमाढीमा आयोजना गरेको सूचनाको हक सम्बन्धी अन्तरक्रियामा उनले उक्त बताएका हुन ।सेवामुलक संस्थाका सञ्चालक नाफामुखी भएका उनको भनाइ थियो । “गैरसरकारी संघसंस्थाले सामाजिक काममा आएको पैसा कुन–कुन काममा कति–कति खर्च गरे भन्ने कुराको  जानकारी नै दिइदैन, सूचना लकाइन्छ”, नगरप्रमुख पोखरेलले  भने ।

गरिबको भत्किएका घरको नाउँमा र च्यातिएका लुगाको नाउँमा करोडौँ रकम असुल्ने काम भइरहेको आरोप लगाउँदै उनले किर्ते कागजात बनाएर अपारदर्शी काम गर्ने संघसंस्थालाई राज्यले कानूनको दायरामा ल्याउनुपर्नेमा जोड दिउ ।

 राष्ट्रिय सूचना आयोगका सूचना आयुक्त रत्नप्रसाद मैनालीले कानुन सबैलाई बराबर हुने बताउँदै गैरसरकारी संघसंस्थाले सूचना लुकाउन नमिल्ने र  सबै संघसंस्थामा पनि सूचना अधिकारी तोकिनुपर्नेमा जोड दिँदै  सूचना लुकाउने र सूचनाको दुरुपयोग गर्नेलाई कानुन बमोजिम सजाय हुने बताए ।उक्त आयोगका  अर्का आयुक्त रत्नप्रसाद मैनालीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रमेश न्यौपाने, नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी, पत्रकार र सूचना हकका अभियन्ताहरुको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस