aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

नेपाली महिला टिमलाई भेटेपछि यस्तो भने बालेनले

  • आजको नागरिक दैनिकबाट
    आजको नागरिक दैनिकबाट
  • शनिबार, ०१ असोज २०७९
नेपाली महिला टिमलाई भेटेपछि यस्तो भने बालेनले

काठमाडौं । काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले महिला साफ च्याम्पियनसिप फुटबलमा नेपालले भारतविरुद्ध १ गोल गरी जितेको खुसियालीमा बधाई दिएका छन् । उनले आफ्नो फेसबुक पेजमार्फत् नेपाली टिमलाई जितको बधाई दिएका हुन् ।

शुक्रबार त्रिपुरेश्वरस्थीत दशरथ रंगशालामा भएको छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलको फाइनलमा नेपाल प्रवेश गरेको छ । नेपाललाई जित दिलाउन रश्मी कुमारी घिसिङले निर्णायक गोल गरिन् । प्रिती राईको पासमा पहिलो हाफको इन्जुरी समयमा रश्मीले निर्णायक गोल गरेकी हुन् ।

नेपालले दोस्रो पटक भारतलाई पराजित गरेको हो । नेपालले यसअघि सन् २०१९ मा सम्पन्न हिरो गोल्डकपमा भारतलाई उसैका घरमा पराजित गरेको थियो । नेपालले दुवै पटक एन्जिला तुम्बाप्पो सुब्बाको कप्तानीमा भारतलाई हराएको हो ।

अब नेपालले फाइनलमा बंगलादेशको सामना गर्नेछ। फाइनल खेल सोमबार हुनेछ । पहिलो सेमिफाइनलमा भुटानलाई ८–० ले हराएर बंगलादेश फाइनल प्रवेश गरिसकेको छ । 

प्रतिक्रिया दिनुहोस