aarthiknews.com मंगलबार, ०२ असार २०८३   Tuesday, 16 June, 2026
 

अछामका तीन स्थानीय निकायमा गएको पहिरोमा परि २१ जनाको मृत्यु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ०१ असोज २०७९
अछामका तीन स्थानीय निकायमा गएको पहिरोमा परि २१ जनाको मृत्यु

काठमाडौं । अछाममा बाढी पहिरोमा परी २१ जनाको मृत्यु भएको छ भने २ जना वेपत्ता भएको प्रहरीले जनाएको छ । अछामका तीनवटा स्थानीय तहको पाँच स्थानमा पहिरोले पुरिँदा स्थानीय बासिन्दा बेपत्ता भएका हुन । पहिरोले पुरिँदा ३ जना गम्भीर घाइते भएका छन् ।

अछामका तुर्माखाँद गाउँपालिका, ढकारी गाउँपालिका र कमलबजार नगरपालिकाको दुई ठाउँमा पहिरो खस्दा ठूलो मानवीय क्षति भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।  

जिल्ला प्रशासनका कार्यालयका अनुसार तुर्माखाँद गाउँपालिका–५ मा ८ जना, कमला बजार नगरपालिका ६ मा ७ जना सोहि वडाको ८ नम्बरका ५ जनाको मृत्यु भएको छ । त्यस्तै, ढकरी गाउँपालिका ६ मा एक जनार ढकरीकै वडा नम्बर एकमा एक जना वेपत्ता भएका छन् ।

प्रतिक्रिया दिनुहोस