aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

डेंगु निको हुन्छ भन्दै मेवाको पात खाने युवती बेहोस्, भयावह बन्दै संक्रमण

  • आजको राजधानी दैनिकबाट
    आजको राजधानी दैनिकबाट
  • आइतबार, ०२ असोज २०७९
डेंगु निको हुन्छ भन्दै मेवाको पात खाने युवती बेहोस्, भयावह बन्दै संक्रमण

काठमाडौं । डेंगु संक्रमण सन २००४ मा पहिलोपटक नेपालमा पुष्टि तथा सन २०१९ मा ६८ जिल्लामा फैलिई १७ हजार ९ सय ९२ जना संक्रमित र ६ जनाको ज्यान गएको थियो भने यस साल साउनदेखि भदौ मसान्तसम्म ७५ जिल्लामा फैलिई १३ हजार बढी संक्रमित र १३ जनाको मृत्यृ भइसकेको छ । संक्रमण बढ्दै जाँदा अस्पतालमा जटिल लक्षण लिएर आउने बिरामी पनि बढेका छन् । काठमाडौं, ललितपुर, मकवानपुर, रूपन्देही, दाङ, भक्तपुर, धादिङ, तेह्रथुम, काभ्रे र चितवन गरी १० जिल्ला उच्च जोखिममा छन् । संक्रमितको संख्या आकासिएको, अस्पतालमा बढेको चाप, भर्ना भएरै उपचार गर्ने र आईसीयूसम्मै पुग्ने बिरामीको संख्या थपिँदो छ, जसले झनै प्रकोप र भयानकता देखाउनेमा आशंका छैन ।

डेंगुमा खोकी लाग्दैन, सास फेर्न गाह्रो हुँदैन, कडा ज्वरो आउँछ, अत्यधिक थकाइ लाग्छ तर नाकबाट पानी बग्दैन
टेकु अस्पतालले डेंगु क्लिनिक सुरु गर्दा ज्वरोका लागि भनेर गरेको थियो ’अबगकभ कडा समस्या भएको देखिएको थिएन । तर, पछिल्लो समय डेंगुको विशेष औषधि हुँदैन, ज्वरो र शारीरिक पीडा कम गर्न सिटामोलबाहेकको औषधि प्रयोग गर्न नहुने तथा आयुर्वेदिक र होमियोप्याथीप्रतिको विश्वासले धेरै संक्रमित घरमै बस्न थालेका छन् । अस्पताल नजाने, ज्यादै ढिला जाने, सिटामोलले ज्वरो र दुखाइ कम नभएपछि ब्रुफेन, एस्प्रिन सेवन गर्ने, पुनः भिन्दै सेरोटाइपबाट संक्रमित, प्लेटलेट बढाउन अनियन्त्रित र जथाभावी वैकल्पिक औषधि लिने र ज्यादै जटिल भएपछि मात्र अस्पताल पुग्दा कोभिड दोस्रो लहरमा झंै बेहोस र प्रांगणमै ढल्ने दैनिक एकपछि अर्को देखिँदै छ । जबकि, विगतमा यस्तो कहिल्यै नदेखिएको वरिष्ठहरू बताउँछन् ।

डेंगुमा खोकी लाग्दैन, सास फेर्न गाह्रो हुँदैन, कडा ज्वरो आउँछ, अत्यधिक थकाइ लाग्छ, नाकबाट पानी बग्दैन, झाडापखाला लाग्दैन । अत्यधिक टाउको दुख्छ । खाना नरुच्ने, अत्यधिक जिउ दुख्ने, स्वाद वा गन्ध हराउने हुँदैन, घाँटी दुख्दैन, जाडो महसुस हुँदैन, वाकवाकी लाग्ने हुन्छ । डेंगु भनेकै दुखाइभन्दा फरक नपर्ने भएको छ । शारीरिक दुखाइ कम गर्न धेरैले प्mलेक्सन वा ब्रुफेन तथा एस्प्रिन औषधिको सहारा लिँदा झनै जोखिम बढेको छ । मुख्य लक्षण नै अत्यधिक शारीरिक पीडा हो । ब्रेक बोन फिवर अर्थात् हड्डी भाँचिएसरह दुखाइ हुने ज्वरो पनि भनिन्छ । हालसम्म संक्रमण परिवार परिवारमा, टोल टोलमा डेंगुको दुखाइ लिएर बसेका संक्रमितको संख्या अत्यधिक छ ।

तारन्तार बान्ता हन, अत्यधिक पेटको दखाइ, नाक, गिँजा वा शरीरका अन्य ठाउँबाट रगत बग्ने, दिसा, पिसाब वा बान्तामा रगत देखिने, आलस्य वा बेचैन, श्वास प्रश्वासमा तीव्रता वा कठिनाइजस्ता ५ लक्षण देखिए जटिलतातिर गइरहेको हुनसक्ने भएकाले तुरुन्त चिकित्सक वा अस्पताल जानुपर्छ । चिकित्सकले परीक्षण गर्दा पेट वा फोक्सोमा पानी जमेको, कलेजोको आकार सामान्यभन्दा २ सेमि बढी बढेको र रगतमा प्लेटलेटको संख्यामा तीव्र गिरावट आएको देखिन्छ ।

मेवाको पात खाएर बेहोस

मेवाको पात खाएर रोग छिटो निको हुन्छ, प्लेटलेट घट्न नदिने तथा घटेको पनि छिटो सामान्य बनाउने भन्ने सल्लाहले मेवाको पात खोजी सिलौटामा थिचेर पानीमा हाल्दै ३ दिन लगातार खाएकी युवतीमा स्वास्थ्यमा असहज भएपछि अस्पताल आउनेक्रममा बेहोस परिन् । अरूको लहैलहैमा वा सामाजिक सञ्जालमा भनेजस्तै मेवाको पात खाएर जटिल बन्नेमा यी एक प्रतिनिधि पात्र हुन् । बजारमा मेवाको पातको माग ह्वात्तै बढेको कारणले पनि घरघरमा प्रयोग भइरहेको आँकलन गर्न सकिन्छ । मेवाको पात प्रयोग गरेलगत्तै पेट बाउँडिने, बटारिने, वाकवाक लाग्ने, बान्ता हुने भएकाले अस्पताल पुगी परामर्श लिने प्रशस्तै छन् भने भन्न नचाहने पनि धेरै छन् । दीर्घकालमा कलेजोलगायतका अंगमा नकारात्मक असर देखाउँछ ।

प्रतिक्रिया दिनुहोस