aarthiknews.com मंगलबार, ०२ असार २०८३   Tuesday, 16 June, 2026
 

प्रभु बैंकको ग्राहकलाई गुर्जुधारा डेन्टल केयरमा विशेष छुट

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०२ असोज २०७९
प्रभु बैंकको ग्राहकलाई गुर्जुधारा डेन्टल केयरमा विशेष छुट

काठमाडौं । प्रभु बैंक लिमिटेड र गुर्जुधारा स्थित गुर्जुधारा डेन्टल केयर प्रालिबिच सम्झौता सम्पन्न भएको छ । बैंक र डेन्टल केयरबीच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको हो । 

बैंकका तर्फबाट गुर्जुधारा शाखा कार्यालय प्रमुख सुबिर घले र गुर्जुधारा डेन्टल केयर प्रालिका तर्फबाट प्रबन्ध निर्देशक डा.बिनय भण्डारीद्घारा उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् । प्रभु बैंक र उक्त डेन्टल क्लिनिक बिच सम्पन्न सम्झौता अनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गरिरहनुभएका सम्पूर्ण ग्राहकहरुले गुर्जुधारा डेन्टल केयरद्धारा सञ्चालित “साधारण दन्त उपचार” सेवामा १५ प्रतिशत र “जटिल दन्त उपचार” सेवामा १० प्रतिशत छुट प्राप्त हुने भएको छ ।

उक्त सम्झौता अन्तर्गत गुर्जुधारा डेन्टल केयरमा सुविधा लिन चाहने प्रभु बैंकका ग्राहकहरुले प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग च्यानलहरु प्रयोग गरी भुक्तानी गर्दा, गुर्जुधारा डेन्टल केयरका उल्लेखित सेवाहरुमा आकर्षक छुट प्राप्त हुने व्यवस्था मिलाईएको छ । यस सम्झौताबाट बैंकका सम्पूर्ण ग्राहकहरु लाभान्वित हुनेछन् भन्ने बैंकले विश्वास लिएको जनाएको छ । 

प्रतिक्रिया दिनुहोस