aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

प्रधानन्यायाधीश राणामाथि अघोषित 'नजरबन्द', निवास र अदालत परिसरमा सुरक्षाकर्मीको भीड

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०२ असोज २०७९
प्रधानन्यायाधीश राणामाथि अघोषित 'नजरबन्द', निवास र अदालत परिसरमा सुरक्षाकर्मीको भीड

काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणलाई सरकारले अघोषित नजरबन्दमा राखेको छ । प्रतिनिधिसभामा महाभियोगको प्रस्ताव दर्ता भएदेखि निलम्बनमा रहेका राणाले आइतबार अदालतमा हाजिर जुन खोजेपछि उनलाई सुरक्षाकर्मीहरुको घेरामा राखिएको हो । 

श्रोतले दिएको जानकारी अनुसार सरकारी उच्च श्रोतबाट प्रहरी प्रधान कार्यालयलाई जबरा सर्वोच्चमा पुग्ने नदिने गरी सुरक्षा मिलाउन निर्देशन गएको थियो । सोही अनुसार जबराको सरकारी निवास बालुवाटार र सर्वोच्च अदालत परिसर र गेटहरुमा समेत बाक्लो मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ । 

शनिबार रातीदेखि प्रतिनिधिसभाको कार्यकाल सकिएपछि आफूमाथि लागेको अभियोग पनि निश्क्रिय भएको भन्दै जबरा आइतबार अदालत जान खोजेका थिए । उनी अदालत जाने समाचार बाहिरिएपछि नेपाल बार एशोशिएसनले पनि जबरालाई सर्वोच्चमा प्रवेश गर्न नदिने निर्णय गरेको छ । 

प्रतिक्रिया दिनुहोस