aarthiknews.com मंगलबार, ०२ असार २०८३   Tuesday, 16 June, 2026
 

नेपाल टेलिकमले ल्यायो संविधान दिवस विशेष अफर

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०२ असोज २०७९
नेपाल टेलिकमले ल्यायो संविधान दिवस विशेष अफर

काठमाडौं । नेपाल टेलिकमले नयाँ अफर सार्वजनिक गरेको छ । यही असोज ३ गते मनाइने संविधान दिवस­ २०७९ को अवसरमा नेपाल टेलिकमले संविधान दिवस अफर उपलब्ध गराइरहेको छ । 

कम्पनीका ग्राहकहरुका लागि नेपाल टेलिकमले सहुलियत दरका डाटा र भ्वाइससहितको प्याक उपलब्ध गराएको हो । यो अफर असोज २ गतेदेखि असोज ४ गतेसम्म उपलब्ध हुनेछ ।  

अफर अन्तर्गत ३ दिनसम्म प्रयोग गर्न सकिने ६ जीबी डाटा प्याक जम्मा ९८ रुपैयाँमा खरिद गर्न सकिनेछ । त्यसैगरी २४ घण्टासम्म प्रयोग गर्न सकिने एक एमबिपिएस अनलिमिटेड डाटा र अन नेट अनलिमिटेड कुराकानी गर्न सकिने प्याक जम्मा ४९ रुपैयाँमा उपलब्ध हुनेछ ।  

यसका साथै यस अफर अन्तर्गत नै १० दिनसम्म प्रयोग गर्न सकिने २० जीबी डाटा प्याक जम्मा रु. २९४ मा खरिद गर्न सकिने छ । असोज ४ गतेसम्म आफ्नो मोबाइलबाट *1415*11# डायल गरी वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरी यी प्याकहरु उपयोग गर्न सकिन्छ ।  

प्रतिक्रिया दिनुहोस