
एजेन्सी । रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष मुकेश अम्बानीले भारतको आन्द्र प्रदेशमा रहेको तिरुमाला मन्दिर पुगेर भगवान वेंकटेश्वरको दर्शन गरेका थिए । रिलायन्सले अर्को महिनादेखि देशमा ५जी सेवा सुरु गर्ने भएको छ । ५जी सुरु हुनु अघि भगवान वेंकटेश्वरको आशीर्वाद लिन पुगेका मुकेश अम्बानीले तिरुमाला तिरुपति देवस्थानमलाई ठूलो रकम दान दिएका छन। उनले उक्त मन्दिरमा दिएको चन्दा रकमको बहस सुरु भएको छ ।
मुकेश अम्बानीले तिरुमाला तिरुपति देवस्थानमलाई १.५ करोड रुपैयाँ भारु दान गरेको खबर आएको थियो । यो एक स्वतन्त्र ट्रस्ट हो, जसले तिरुमाला वेंकटेश्वर मन्दिर र आन्ध्र प्रदेशका अन्य मन्दिरहरूको व्यवस्थापन गर्छ।
प्रतिक्रिया दिनुहोस