aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

संविधान विरुद्ध आज मधेसमा ‘ब्ल्याक आउट’

  • आजको राजधानी दैनिकबाट
    आजको राजधानी दैनिकबाट
  • सोमबार, ०३ असोज २०७९
संविधान विरुद्ध आज मधेसमा ‘ब्ल्याक आउट’

काठमाडौं । ३ असोजमा संविधान जारी भएपछि मधेसमा ‘ब्ल्याक आउट’ र पहाडमा उत्सवको रूपमा संविधान दिवस मनाइँदै छ । २०७२ सालमा संविधानसभाबाट संविधान जारी भएपछि यो क्रम अझै जारी छ । कतै उत्सवका रूपमा त कतै ब्ल्याक आउट गरेर ३ असोजलाई सम्झिने गरिएको छ ।

लोकतान्त्रिक समाजवादी पार्टी नेपाल ९लोसपा०ले संविधान जारी भएको दिन ३ असोजमा तराई मधेसका जिल्लामा ‘ब्ल्याक आउट’ गर्दै आएको छ । लोसपा अध्यक्ष महन्थ ठाकुरले आन्तरिक सर्कुल जारी गर्दै प्रदेश, जिल्ला, पालिका कमिटीलाई विरोध दिवसका रूपमा मनाउन निर्देशन दिएका छन् ।

संविधान दिवस विरोध गरेर लोसपाले मनाउने निर्णय र आन्तरिक सर्कुल जारी गरे पनि मधेसको अर्को शक्तिशाली दल जनता समाजवादी पार्टी नेपाल ९जसपा०ले मौन विरोध गर्ने भएको छ । जसपाले संविधान दिवसको अवसरमा आयोजना हुने उत्सव वा विरोधको कार्यक्रममा सहभागी नहुने भएको छ ।

जसपा कार्यकारिणी समितिका सदस्य एवं प्रवक्ता मनीष सुमनले आफूहरू उत्सव वा विरोध दुवै कार्यक्रममा सहभागी नहुने बताए । जसपा संघीय सरकारमा सहभागी भएको र मधेस प्रदेशमा सरकारको नेतृत्व गरिरहेकाले मौन विरोधको रणनीति लिएको हो । विगतमा जसपाले समेत विरोध दिवसका रूपमा मनाउँदै आएको छ ।

लोसपा अध्यक्ष महन्थ ठाकुरले पार्टी जिल्ला संयोजकलाई एक विशेष आन्तरिक सर्कुलरमार्फत ३ असोजका दिन ‘ब्ल्याक आउट’ गर्न निर्देशन जारी गरेका छन् । अध्यक्ष ठाकुरले ३ असोजमा प्रत्यक वर्षझंै यस वर्ष पनि जिल्ला, पालिका, क्षेत्र, वडामा कोणसभा, आमसभा, जनप्रदर्शन, अन्तत्र्रिmया, विचार गोष्ठी, ब्ल्याक आउटजस्ता विरोधका कार्यक्रम गर्न निर्देशन दिएका छन् ।

संघीय सरकार, प्रदेश सरकार तथा पालिका सरकारले संविधान दिवसका रूपमा विभिन्न कार्यक्रम गरी मनाउँदै आएको छ । तर, त्यस्तो कार्यक्रममा जसपा सहभागी नहुने जनाएको छ । साथै पार्टीकै आयोजनामा विरोधका कार्यक्रमसमेत नहुने प्रवक्ता सुमनले बताए ।

संविधान दिवसका अवसरमा नेपाल कम्युनिस्ट पार्टी ९एमाले०ले शनिबार काठमाडौंमा पदयात्रा ९वाकथन० गरेको छ । एमालेले संविधान दिवसलाई राष्ट्रिय दिवसका रूपमा भव्य रूपमा देशैभरि मनाउनुपर्ने सुझावसमेत सरकारलाई दिएको छ । सरकारले संविधान दिवसका रूपमा विभिन्न कार्यक्रम गर्दै आएको छ ।

३ असोज २०७२ मा संविधानसभाबाट बहुमतका आधारमा संविधान जारी हँुदै गर्दा तराई मधेसमा आन्दोलन जारी थियो । मधेसवादी राजनीतिक दल आफ्ना माग सम्बोधन नगरी संविधान जारी गरेको भन्दै आन्दोलन गरिरहेका थिए ।

तत्कालीन राजपा नेपालले संविधान जारी भएको दिनलाई कालो दिनका रूपमा लिँदै विरोधका कार्यक्रम गर्दै आएको छ । गत वर्षसमेत लोसपा पक्षधरले विरोधका कार्यक्रम गरेका थिए । तर, उपेन्द्र यादव नेतृत्व पक्षधर जसपाका नेताहरूले गत वर्ष मौन बसेका थिए । यद्यपि मधेसमा निर्वाचित जनप्रतिनिधिसमेत विरोधका कार्यक्रममा सहभागी हुनुका साथै कार्यक्रमको नेतृत्वसमेत गरेका थिए । 

प्रतिक्रिया दिनुहोस