aarthiknews.com मंगलबार, ०२ असार २०८३   Tuesday, 16 June, 2026
 

यसरी मनाइयो संविधान दिवस (फोटोसहित)

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०३ असोज २०७९
यसरी मनाइयो संविधान दिवस (फोटोसहित)

काठमाडौं । आज आठौं संविधान दिवस । विभिन्न कार्यक्रमको आयोजना गरी आज संविधान दिवस मनाइएको छ । 

आठौं संविधान दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा  सोमबार बिहान विशेष कार्यक्रमको आयोजना गरिएको थियो। उक्त कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी आठौँ संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा आज मूल समारोह समितिद्वारा सैनिक मञ्च, टुँडिखेलमा आयोजित समारोहमा सहभागी भएकी थिईन् । 

त्यस्तै, उक्त समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, कामु प्रधानन्यायाधीश दीपककुमार कार्की,सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, मन्त्रीगण, संवैधानिक निकायका प्रमुख, सरकारका उच्च अधिकारी, मित्रराष्ट्र तथा नियोगका प्रमुख र प्रतिनिधिको उपस्थिति थियो । 

समारोहमा नेपाली सेनाको हेलिकोप्टरबाट पुष्पवृष्टि गरिएको थियो भने विविध सांस्कृतिक झाँकीका साथै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलबाट राष्ट्रिय धूनसहित ब्याण्डबाजा प्रस्तुत गरिएको थियो । समारोहलाई प्रधानमन्त्री देउवाले सम्बोधन गरेका थिए ।  

हेर्नुहोस्, तस्बिर 

प्रतिक्रिया दिनुहोस