aarthiknews.com मंगलबार, ०२ असार २०८३   Tuesday, 16 June, 2026
 

जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०३ असोज २०७९
जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका १६ चमती कल्याणनगर बस्ने ६० वर्षीय श्रीलाल तामाङको कोठामा जुवातास खेलिरहेको अवस्थामा तामाङसमेत ७ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ४५ हजार ५ सय रुपैयाँ र ६ बुक ताससहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस