aarthiknews.com मंगलबार, ०२ असार २०८३   Tuesday, 16 June, 2026
 

बैंकिङ कसूर मुद्दामा फरार रन्जित खड्का पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०३ असोज २०७९
बैंकिङ कसूर मुद्दामा फरार रन्जित खड्का पक्राउ

काठमाडौं । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी ललितपुर गोदावरी नगरपालिका १ ठेगाना भई हाल ललितपुर महानगरपालिका १५ कुमारीपाटी बस्ने ३७ वर्षीय रन्जित खड्कालाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

बैंकिङ कसूर मुद्दामा २० लाख ५० हजार रूपैयाँ विगो ठहर भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले नयाँबानेश्वरबाट पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस