aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

पाइलैपिच्छे आलोचना गर्नुभन्दा शिक्षा सुधार्न सामूहिक प्रयत्न गरौंः शिक्षामन्त्री पौडेल

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०३ असोज २०७९
पाइलैपिच्छे आलोचना गर्नुभन्दा शिक्षा सुधार्न सामूहिक प्रयत्न गरौंः शिक्षामन्त्री पौडेल

काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले सार्वजनिक शिक्षा सुधार्न आलोचना भन्दा सामूहिक प्रत्यन आवश्यक रहेको बताएका छन् ।राष्ट्रिय परीक्षा बोर्डद्धारा आयोजित “विद्यालय तह परीक्षाको नतिजा –वर्तमान अवस्था र भावी कार्यदिशा” छलफलमा मन्त्री पौडेलले सामूहिक प्रत्यनबाट शिक्षामा सुधार हुने बताए । 

“पाइलैपिच्छे आलोचना गर्दै हिडेर शिक्षा सुध्रिदैन,” उनले भने, “प्रध्यापक, शिक्षक, कर्मचारी नागरिक समाज सबैले सामूहिक प्रत्यन गरे शिक्षा सुधार हुन्छ ।” बच्चा जन्मिएपछि सबैभन्दा ठूलो समय शिक्षा संस्थामा बित्ने भएकाले तीन प्रकारका शिक्षा सुधार्न गम्भीर भएर लाग्नुपर्नेमा उनको भनाइ रहेको छ । 

विद्यालय शिक्षालाई नियमन गर्न परीक्षा बोर्ड, उच्च शिक्षालाई नियमन गर्न विश्वविद्यालय र प्रावधिक तथा व्यवसायिक शिक्षा नियमन गर्न सिटिइभिटी रहेकाले थप सुधार गर्न विज्ञहरुको सुझाव आवश्यक रहेको औंल्याए । 

विश्वविद्यालयका आंगिक क्याम्पसहरु शिक्षा विषयमा रुची नभएकाले भर्ना हुनेको संख्यामा कमि आएको बताउँदै व्यवहारमुखी शिक्षाको आवश्यक रहेको बताए । विद्यालय शिक्षा सुधार्न क्यालेन्डर प्रणाली आवश्यक रहेकाले बैशाखदेखि क्यालेन्डर प्रणाली लागू हुने विश्वास व्यक्त गरे । 

“विद्यार्थीहरुले परीक्षा दिएको वर्षदिनसम्म पनि नतिजा आएन भने के हुन्छ ? प्रश्न गर्दै उनले भने, अब विभिन्न बहाना हुँदैन क्यालेन्डर प्रणाली लागू गरौं सबै समयमा हुन्छ ।”


 

प्रतिक्रिया दिनुहोस