aarthiknews.com मंगलबार, ०२ असार २०८३   Tuesday, 16 June, 2026
 

केएल दुगड ग्रुपका प्रबन्ध निर्देशक कुमुद कुमार दुगड “प्रबल जनसेवाश्री” बाट सम्मानित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०३ असोज २०७९
केएल दुगड ग्रुपका प्रबन्ध निर्देशक कुमुद कुमार दुगड “प्रबल जनसेवाश्री” बाट सम्मानित

काठमाडौं । के एल दुगड गु्रपका प्रबन्ध निर्देशक, समाजसेवी एवम् उद्योग व्यवसायी कुमुद कुमार दुगड “प्रबल जनसेवाश्री” पदकबाट विभुषित भएका छन् ।  देशको सामाजिक, आर्थिक लगायत मुलुकको समग्र औद्योगिक, व्यवसायिक क्षेत्रको विकासमा उनले पुर्याउँदै आएको योगदानको कदरस्वरुप संविधान दिवसको अवसर पारेर सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई “प्रबल जनसेवाश्री” पदकबाट विभुषित गरेकी हुन् । 

निज दुगडको अग्रसरतामा कृषिलाई व्यवसायिकरण र औद्योगिकरण गर्नेतर्फ कृषकहरुलाई अभिप्रेरित गरी कृषिजन्य उद्योग व्यवसायमा विशिष्ट योगदान पुर्याउँदै आएका छन् । त्यस्तै, उपभोक्ताहरुको स्वास्थ्य सुरक्षाको हक–हित र अधिकारको संरक्षणमा महत्वपूर्ण योगदान पुर्याउँदै स्थानीय कच्चा –पदार्थमा आधारित उद्योग तथा कृषिजन्य उद्योग व्यवसायको विकास र विस्तार गर्दै आएका छन् ।
 

प्रतिक्रिया दिनुहोस