aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

तेह्रथुममा १५ वर्षीया बालिका बलात्कृत

  • आजको राजधानी दैनिकबाट
    आजको राजधानी दैनिकबाट
  • मंगलबार, ०४ असोज २०७९
तेह्रथुममा १५ वर्षीया बालिका बलात्कृत

काठमाडौं । तेह्रथुममा एक जना १५ वर्षीया बालिका बलात्कृत भएकी छन् । ती बालिकालाई बलात्कार गरेको अभियोगमा लालिगुराँस नगरपालिका–१ केबुक बस्ने २७ वर्षीय राजन लिम्बुलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

ती बालिकालाई राजनले सोही गाउँपालिका–२ बसन्तपुरस्थित होटलमा लगि भदौ ३१ गते बलात्कार गरको प्रहरीले जनाएको छ । उक्त खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बसन्तपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस