aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

संविधान दिवसको अवसरमा मेयरद्वारा झन्डोत्तोलन

  • आजको राजधानी दैनिकबाट
    आजको राजधानी दैनिकबाट
  • मंगलबार, ०४ असोज २०७९
संविधान दिवसको अवसरमा मेयरद्वारा झन्डोत्तोलन

काठमाडौं । संविधान दिवसको अवसरमा बारामा झन्डोत्तोलन गराएको छ । कलैया उपमहानगरपालिकाको प्राङ्गणमा नगर प्रमुख विनोद साह द्वारा संविधान दिवसको अवसरमा झन्डोत्तोलन गरिएको हो ।

२०७२ साल असोज ३ गते सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको ऐतिहासिक दिनको अवसर पारी संविधान दिवस मनाएको साहले बताए । राष्ट्रिय झण्डा फहराएर राष्ट्रिय गान गाई संविधान दिवस मनाएका थिए ।

झण्डा फहराउदै नगरप्रमुख साहले नेपाल सरकारले जारी गरेको संविधानको अधिनमा रही सबले काम गर्नु पर्ने बताए । स्थानीय तहबाट प्रदान गरिने सेवा र सुविधामा सम्पूर्ण नागरिकको समान हक प्रदान गरिरहेको नगर प्रमुख साहले दावी गरेका छन् । संविधानले सबैको हकहित सुनिश्चित समेत गरेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस