
अफगानिस्तान जाने अन्तिम तम्तयारी भएपछि तनहुँ बन्दीपुरका महादेव थापालाई लाग्थ्यो- अब दुःखका दिन सकिए। अफगानिस्तान पुगेपछि पैसाको समस्या हुने छैन । दुई वर्ष मलेसियाको रोजगारीमा बिताउँदा खासै उपलब्धि हात नपारेपछि खाडी मुलुक उनको प्राथमिकतामा पर्न सकेका थिएनन् । खाडी र मलेसिया गए राम्रो पारिश्रमिक नपाइने र युरोप, अमेरिका जाने हैसियत नभएका उनले राम्रो गन्तव्य खोजिरहेका बेला साथीमार्फत अफगानिस्तान जान पाइने खबर सुनेपछि भाथ्य चम्केको अनुभव समेत गरेका थिए।
साथीको लहलहैमा अफगानिस्तान जाँदा भाग्य चम्कने ठाने पनि त्यो मुलुक कस्तो हो र जान पाइन्छ वा पाइँदैन भन्ने यकिन नगर्दा भने उनलाई अहिले आम्दानी होइन, ऋणको भार बोकाएको छ। केही वर्ष नेपाली सेनामा काम गरेकाले दलालले उनलाई अफगानिस्तानमा सुरक्षागार्डको राम्रो सम्भावना रहेको प्रलोभन देखाएका थिए । मासिक एक हजार दुई सय अमेरिकी डलर (करिब एक लाख तीस हजार रूपैयाँ) पारिश्रमिक पाइने एजेन्टको प्रलोभनलाई पत्याउँदा थापा यतिखेर घर न घाट भएका छन् ।
नेपाली सेनामा काम गर्दा र त्यसपछिको दुई वर्ष मलेसियामा काम गरी बचेको रकम डन म्यानपावरमा काम गर्ने कुमार गुरुङलाई बुझाएर अफगानिस्तान जानका लागि काठमाडौंबाट उडेका थापालाई एजेन्ट र म्यानपावरले संयुक्त अरब इमिरेट्सको दुबईमा अलपत्र पारेपछि समस्या सिर्जना भएको हो। अफगानिस्तान जाने हो भने मासिक एक लाख ३० हजार ।
रूपैयाँभन्दा बढी पारिश्रमिक पाइने भन्दै डनमा काम गर्ने कुमार गुरुङले दिएको प्रलोभनलाई पत्याउँदा अहिले घर न घाटको अवस्थामा पुगेको छु।' उनले भनेको समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया दिनुहोस