काठमाडौं । आगामी मंसिर ४ गते हुन लागि रहेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि ४८ दलले निर्वाचन आयोगमा समानुपातिक उम्मेदवारको बन्दसूची बुझाएका छन् । आयोगले सोमबारसम्म दिएको समयभित्र दलहरुले बन्दसूची बुझाएका हुन् ।
आइतबार चार दलले बन्दसूची पेस गरेकामा बाँकी ४४ दलले सोमबार बन्दसूची बुझाएका हुन् । निर्वाचन आयोगले बन्दसूचीको अद्यावधिक कायमै राखेको छ ।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पोडेलले आज विहान ५ वजेसम्म ४८ दलले समानुपातिकका लागि धरौटी बुझाएको जनाएका छन् । उनले सामाजिक सञ्जाल मार्फत यस्तो जानकारी दिएका हुन् ।
प्रतिक्रिया दिनुहोस