aarthiknews.com मंगलबार, ०२ असार २०८३   Tuesday, 16 June, 2026
 

एटिएम मेसिन तोडफोड गर्दै गरेको अवस्थामा मनोज कुमाल पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०४ असोज २०७९
एटिएम मेसिन तोडफोड गर्दै गरेको अवस्थामा मनोज कुमाल पक्राउ

कास्की । पोखरा महानगरपालिका ६ लेकसाईड बाराही चोकस्थित एनएमबी बैंकको एटिएम फुटाउँदै गरेको अवस्थामा धादिङ त्रिपुरा सुन्दरी गाउँपालिका–५ सल्यानटार घर भएका २५ वर्षीय मनोज कुमाललाई गएराति प्रहरीले पक्राउ गरेको छ । 

एक जना पुरुषले एटिएम फुटाइरहेको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनलाई एटिएम फुटाउँदै गरेको अवस्थामा १ थान खुकुरी सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस