
एजेन्सी । भारतमा पनि बैंक कर्जाको माग नौ वर्षकै उच्च विन्दुमा पुगे छ । भने निक्षेप भने सोही गतिमा बढेको छैन । जसका कारण बैंकहरुसँग लगानीयोग्य रकमको अभाव भएको छ । यस्तो अवस्थामा निक्षेपको ब्याजदर बढ्ने अनुमान गरिएको छ । निक्षेप दर एक वर्ष भित्र १.७५–२.७५ सम्म बढाउन सकिन्छ।
भारतको केन्द्रीय बैंक रिजर्भ बैंक अफ इण्डियाको पछिल्लो तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष अप्रिल १ बाट सुरु भई अगस्ट २६ सम्म बैंकहरुले ५.६६ लाख करोड रुपैयाँ भारु कर्जा प्रवाह भएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिमा प्रवाह भएको कर्जाको तुलनामा ४.८ प्रतिशतले बढी हो । गत वर्ष अगस्टदेखि यस मामलामा ०.५ प्रतिशतले गिरावट आएको थियो। यो वर्ष २०२१ को अगस्ट २६ सम्म प्रवाहित कर्जाभन्दा १५.५ प्रतिशत बढी हो । यो सन् २०१३ नोभेम्बर १ यताकै सबैभन्दा बढी कर्जा प्रवाह हो ।
यस बैंक, एक्सिस बैंक, बैंक अफ बडोदा, आईसीआईसीआई बैंक र युनियन बैंकले हालैका हप्ताहरूमा एफडी दरहरू ०.३०–०.६० सम्म बढाएका छन। रिपो र निक्षेप दरहरू बीचको अन्तर क्रमशः कम हुँदै गइरहेको छ। बैङ्कहरूले मार्च २०२३ सम्ममा रिपो दर थप ०.७५ प्रतिशतले बढ्न सक्ने विश्वास गर्छन्।
प्रतिक्रिया दिनुहोस