काठमाडौं । अचार मन नपर्ने मान्छे सायद कमै होलान् । अचार भन्ने बित्तिकै धेरै मान्छेको मुख रसाउने गर्दछ । नेपाली भान्सामा अचार महत्वपूर्ण परिकार मानिन्छ । दैनिक जीवनको खानपान लगायत भोज भतेरमा समेत अचारको छुट्टै महत्व हुन्छ ।
अचारले संगै खाइरहेको परिकारमा नयाँ स्वाद थपिदिन्छ । मासु, तरकारी तथा फलफूलबाट पनि अचार बनाउन सकिन्छ । अचार एउटा ताजा हुन्छ भने अर्को बट्टामा केही समय आगाडी बनाएर राखिएको हुन्छ, जसलाई खाँदेको अचार भनिन्छ । चाडबाडमा हुने समयको अभाव र मासु लगायतका मसलादार खानामा मिल्ने स्वादका कारण खाँदेको मुलाको अचार वास्तबमै राम्रो मानिन्छ ।
मुलाको अचार बनाउने तरिका र बनाउनको लागि आवश्यक सामग्रीहरु:
दुईवटा मुला
आधा चम्चा रातो खुर्सानीको धूलो
आचा चम्चा बेसार
थोरै हिङ
आधा चम्चा अजवाइन
आधा चम्चा मेथी
एक ठूलो चम्चा रायोको दाना
एक ठूलो चम्चा सौप
१–२ चम्चा नुन
आवश्यकताअनुसार तोरीको तेल
बनाउने विधि;
मुलालाई लाम्चो आकारमा काट्नुपर्छ ।
मुला काटेपछि त्यसलाई घाममा सुकाउने ।
मुला माथि खुर्सानी राख्ने र त्यसमा लसुन पनि राखेर सुकाउने ।
त्यसलाई दुई दिनसम्म सुकाउनुपर्छ ।
दुई दिनपछि सुकाएको मुला, खुर्सानी, लसुन निकाल्ने ।
प्यानमा तोरी भुटेर पिस्ने ।
अब जिरा भुट्ने र पिस्ने ।
मुलामा नुन, खुर्सानी, बेसार लगायत सबै मसलाहरु राख्ने ।
अब त्यसमा तेल राख्ने र राम्रोसंग मिक्स गर्ने ।
त्यसपछि एउटा बट्टामा मुलाको अचार राख्ने ।
बट्टालाई घाममा कम्तिमा पनि चार दिन सम्म नचलाई राख्नुपर्छ ।
मुलाको अचार दुई तीन दिन घाममा राखेपछि खानको लागि उत्कृष्ठ हुन्छ ।
प्रतिक्रिया दिनुहोस