
काठमाडौँ । मलेसियामा अवैधानिक भएर बसेका नेपाली श्रमिक स्वदेश फर्किन थालेका छन् । मलेसियाले गएको साउन १६ गतेदेखि अवैधानिक श्रमिकलाई स्वदेश फर्कने अवसर दिएपछि नेपाली पनि फर्किन थालेका मलेसियास्थित नेपाली राजदूतावासले जनाएको छ ।
मलेसिया सरकारले मलेसियामा अवैधानिक भएर सबेका विदेशी श्रमिकका लागि साउन १६ (अगस्ट १) देखि पुस १५ (डिसेम्बर १) सम्मको ६ महिनासम्म आममाफीको समय दिएको छ ।
मलेसियामा अवैधानिक रहेका नेपालीसहित अरू देशका श्रमिकले यो समयमा आफ्नो देश फर्कन पाउने छन् ।
दूतावासका अनुसार मलेसियामा अवैधानिक भएर बसेका तर वैधानिक बनेर स्वदेश फर्किनका लागि दूतावास आउने नेपालीको सङ्ख्या बढिरहेको खबर आजको गोरखापत्र दैनिकमा छापिएको छ ।
प्रतिक्रिया दिनुहोस