
काठमाडौं । फिल्मी शैलीमा हत्या गरिएका फि मोहम्मद दर्जी भनिने लाल मोहम्मदको हत्याको विषयमा छानबिन गर्न प्रहरीले पाँच सदस्यीय विशेष समिति गठन गरेको छ । प्रहरी वरिष्ठ उपरीक्षक एवं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख जनकराज भट्टराईको नेतृत्वमा प्रहरी उपरीक्षक दिनेशराज मैनाली, प्रहरी नायब उपरीक्षक कृष्ण चन्दलगायतको समिति गठन गरिएको हो ।
काठमाडौं प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले उक्त घटनाको बारेमा छानबिन भइरहेको बताउँदै उक्त जानकारी दिएका हुन् । विवादास्पद इवि भएका मोहम्मदको हत्या संगठित गिरोहले गरेको आशंका गर्दै प्रहरीले छानबिनको दायरालाई समेत सांघुरो बनाएको छ ।
प्रतिक्रिया दिनुहोस