aarthiknews.com मंगलबार, ०२ असार २०८३   Tuesday, 16 June, 2026
 

जुवातास खेलिरहेका आठ जना पक्राउ, दुई लाख ५२ हजार नगदसहित पाँच बुक तास फेला

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०५ असोज २०७९
जुवातास खेलिरहेका आठ जना पक्राउ, दुई लाख ५२ हजार नगदसहित पाँच बुक तास फेला

सुनसरी । प्रहरीले जुवातास खेलिरहेको अवस्थामा आठ जनालाई पक्राउ गरेको छ । धरान उपमहानगरपालिका १० स्थित हाम्रो होटलबाट जुवातास खेलिरहेको अवस्थामा सोही उपमहानगरपालिका १६ बस्ने ३३ वर्षीय जीवन बस्नेत लगायत ८ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ । 

ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उक्त होटलमा जुवातास खेलिरहेको अवस्थामा उनीहरूलाई नगद २ लाख ५२ हजार ८ सय ३५ रूपैयाँ र ५ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।   

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 
 

प्रतिक्रिया दिनुहोस