aarthiknews.com मंगलबार, ०२ असार २०८३   Tuesday, 16 June, 2026
 

काठमाडौंमा अनुमतिबिना डिजिटल होर्डिङ बोर्ड राख्न नपाइने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०५ असोज २०७९
काठमाडौंमा अनुमतिबिना डिजिटल होर्डिङ बोर्ड राख्न नपाइने

काठमाडौं । काठमाडौं महानगरपालिकामा अनुमतिबिना डिजिटल बोर्ड राख्न नपाइने भएको छ र्। महानगरले बुधवार एक सूचना जारी गर्दै आजबाट अनुमतिबिना महानगर क्षेत्रमा डिजिटल होर्डिङ बोर्ड हटाउने निर्देहन दिएको हो । 

महानगर क्षेत्रभित्र अनुमति नलिई वा विज्ञापन गर्न अनुमति लिएको अवधि समाप्त भएपश्चात् समेत निरन्तर होर्डिङ डिजिटल बोर्ड तथा अन्य माध्यमबाट बाह्य विज्ञापन गरिरहेको देखिएकाले सूचना जारी गरिएको महानगरले जनाएको छ । सूचनामा भनिएको छ, ‘५ असोज गतेबाट अनुमति बीना वाहृय विज्ञापन सञ्चालन नगर्नर नगराउन सम्वद्ध सबैलाई सूचित गरिन्छ ।’  

प्रतिक्रिया दिनुहोस