aarthiknews.com शनिबार, १८ जेठ २०८२   Saturday, 31 May, 2025
 

स्पाइसजेटले ८० पाइलटलाई बिना तलब बिदामा पठायो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०५ असोज २०७९
स्पाइसजेटले ८० पाइलटलाई बिना तलब बिदामा पठायो

एजेन्सी । कम(बजेट)  लागतको एयरलाइन्स स्पाइसजेटले ८० पाइलटलाई तीन महिनाको लागि बिना तलब बिदामा पठाएको छ। स्पाइसजेटले हाल तरलता संकटको सामना गरिरहेको छ। कम्पनीको नीति अनुसार कुनै पनि कर्मचारीलाई बर्खास्त नगर्ने भएकाले यस्तो निर्णय गरेको हो । केही पाइलटलाई तलब नलिई बिदामा पठाए पनि सञ्चालनका लागि पर्याप्त संख्यामा पाइलट रहेको कम्पनीले जनाएको छ ।

एयरलाइन्सले करिब ४० बी ७३७ विमानका पाइलट र ४० क्यू ४०० विमानका पाइलटलाई तीन महिनाको तलब बिना बिदामा पठाएको छ । विगत ४ वर्षदेखि एयरलाइन्स घाटामा छ । 

स्पाइसजेटले जुन ३० को समाप्त त्रैमासिकमा ७८४ करोड रुपैयाँ भारु घाटा रिपोर्ट गरेको छ ।  जुन अघिल्लो वर्षको त्रैमासिकमा ७३१ करोड घाटा थियो। मार्चमा समाप्त भएको त्रैमासिकमा कम्पनीले ४८५ करोड घाटा बेहोरेको थियो । यसबाहेक, हाल यसले ५० प्रतिशतभन्दा कम उडान गरिरहेको छ भने वायुसेवा कम्पनीसँग ९० वटा विमान छन् । हाल करिब ५० विमान सञ्चालनमा छन् ।

स्पाइसजेटले सन् २०१९ मा ७३७ म्याक्स विमानको ग्राउन्डिङ गरेपछि पनि म्याक्स छिट्टै सेवामा फर्किने आशामा पाइलट इन्डक्सन कार्यक्रमलाई निरन्तरता दिएको तर त्यसो भएन ।

प्रतिक्रिया दिनुहोस