aarthiknews.com मंगलबार, ०२ असार २०८३   Tuesday, 16 June, 2026
 

भन्सार छली ल्याएको सुन सहित तीन जना पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०५ असोज २०७९
भन्सार छली ल्याएको सुन सहित तीन जना पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका ९ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रुपमा भन्सार छली ल्याउँदै गरेको १ सय ग्राम सुन सहित ३ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा मोरङ सुन्दर हरैचा नगरपालिका ९ स्थायी वतन भएका २४ वर्षीय हिमाल पौडेल, सुर्खेत बिरेन्द्रनगर नगरपालिका(१ स्थायी वतन भएका १९ वर्षीय कविन्द्र विश्‍वकर्मा र कालिकोट पलाता गाउँपालिका ७ स्थायी वतन भएका २५ वर्षीय जिवराज बम रहेका छन् । 

हिमालय एयरलाइन्सको उडानद्वारा दुबईबाट काठमाडौं आएका हिमाल र कविन्द्रलाई विमानस्थलको अन्तर्राष्ट्रिय आगमन टनेल गेटमा प्रहरीले जाँच गर्ने क्रममा उनीहरुबाट भन्सार छली ल्याएको १र१ थान सिक्री र १र१ थान औंठी गरी उक्त परिमाणको सुन फेला पारी पक्राउ गरेको र सोधपुछको क्रममा उक्त सुन जिवराजले भन्सार छली ल्याउन लगाएको खुल्न आएपछि उनलाई समेत प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुलाई आवश्यक कारबाहीको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस