काठमाडौं । गुल्मीका ३१ वर्षीय भरत विकले दुबईमा करोडौंको चिठ्ठा पाएका छन् । दुबईमा काम गर्दै आएका भरतलाई १ करोड दिर्हाम (करिब ३५ करोड नेपाली रुपैयाँ) को चिठ्ठा परेको हो ।
भरत दुबईमा कार धुने काम गर्दै आएका छन् । कार धुँदै गर्दा नै चिठ्ठा जितेको थाहा पाएका थिए । सेप्टेम्बर २७ मा नेपाल फर्किने तयारीमा रहेका भरतले नियमित रूपमा महजूज लट्री किन्दै आएका थिए ।
प्रतिक्रिया दिनुहोस