काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली मिर्गौलाको कार्यक्षमतामा समस्या देखिएपछि आउँदो शनिवार पुनः सिंगापुर जाँदै छन् । १२ वर्षअघि दिल्लीस्थित इन्द्रप्रस्था अपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्रीको रगतमा क्रिएटिनिन को स्तर बढेको छ । क्रिएतिनिन बढ्नुको अर्थ मिर्गौलाको कार्यक्षमतामा ह्रास आउनु हो ।
सैनिक अस्पताल छाउनीमा स्वास्थ्य परीक्षणपछि चिकित्सकको सुझावअनुसार थप फलोअपका लागि प्रधानमन्त्री ओली गत साउन १८ गते सिंगापुर गएका थिए । छाउनीमा प्रधानमन्त्रीको नियमित ल्याब परीक्षणसहित यूएसजी गाइडेड रेनल बायोप्सी समेत गरिएको थियो ।
त्यसमा समेत उनको रगतमा क्रिएटिनिनको मात्रा बढेको पाइएको थियो । चिकित्सकहरूको सल्लाह अनुसार रेनल (मिर्गौलाको) बायोप्सीमा एउटा सुईको माध्यमले मिर्गौलाको तन्तुको सानो नमुना निकालेर परीक्षण गरिन्छ । यो समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया दिनुहोस