aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

भारतमा २ लाख हजार करोडको स्मार्ट सिटी १०० शहरमा बन्दै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०३ भदौ २०७६
भारतमा २ लाख हजार करोडको स्मार्ट सिटी १०० शहरमा बन्दै

एजेन्सी । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको महत्वकाक्षी योजनाका रुपमा हेरिएको स्मार्ट सिटीको चर्चा भारतमा धेरै हुने गरेको छ । लामो समयदेखि चर्चामा रहेको स्माट सिटीको योजनाको विस्तृत योजना सार्वजनिक गर्ने भएको छन् ।

इकोनोमिक्स टाइम्सका अनुसार यहि अक्टोबरमा सरकारले महत्मागान्धीको १५० औं जन्म जयन्तिको अवसरका उक्त रिपोट सार्वजनिक गर्ने कार्यक्रम रहेको छ । सरकारले महात्मागान्धीको १५० औं जन्मजयन्ति २ अक्टोरमा छ जुन दिन भारतीय जनताको जीवनको नक्सा नै परिणत गर्ने योजना सार्वजनिक हुने भारत सरकारले दावी गरेको छ ।  

यस प्रोजेक्टमा नयाँ थिममा आधारित स्वच्छता, पानी, अर्थव्यवस्था, समावेश र पर्यावरणसँग सम्बन्धीत रहने बताइएको छ । स्मार्ट सिटीजमा विभिन्न क्याटागोरी रहेका छन् । स्मार्ट सिटीजको तर्फबाट प्रस्तावित सबैभन्दा बढी २८ प्रतिशत प्रोजेक्ट स्वच्छतासँग जोडिएका छन् । अर्थव्यवस्थासँग २४ प्रतिशत र पानीसँग २ प्रतिशत जोडिएका छन् । 

स्मार्ट सिटीमा हालसम्म ९० १७६ करोड खर्च भइसकेको छ । स्मार्ट सिटीका लागि १०० वटा शहर छनौटमा परेका छन् । जसमा २ लाख ५ हजार करोडको लागतमा ५ हजार १५१ वटा परियोजना निर्माण हुने छन् । स्मार्ट सिटी मिसन निदानिर्देशका अनुसार केन्द्र सरकारले  पाँच वर्षका लागि ४८ हजार कारोड अर्थात ५०० हजार करोड प्रति शहर उपलब्ध गराउने घोषणा गरेको छ । 

यसभन्दा पहिला स्मार्ट सिटीको विषयमा भारतको लोकसभामा समेत छलफल भइसकेको छ । स्माट सिटी परियोजना २०१५बाट शुरु भएको हो सन २०१९ सम्म आइपुग्दा २ लाख ५ हजार १८ को ५ हजार १५१ परियोजनामध्ये एक लाख ३४ हजार ९ सय ९४ करोड रुपैयाँ भारुको ३ हजार ६ सय ४५ परियोजनाको टेण्डर भइसकेको छ । 

प्रतिक्रिया दिनुहोस