aarthiknews.com मंगलबार, ०२ असार २०८३   Tuesday, 16 June, 2026
 

शुक्रबार गोकर्णेश्वर नगरपालिकाका सबै शैक्षिक संस्था बन्द हुने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०६ असोज २०७९
शुक्रबार गोकर्णेश्वर नगरपालिकाका सबै शैक्षिक संस्था बन्द हुने

काठमाडौं । शुक्रबार गोकर्णेश्वर नगरपालिका भित्रका सबै शैक्षिक संस्था बन्द हुने भएका छन्। संस्थागत विद्यालय संघ नेपाल (इसान) का केन्द्रीय अध्यक्ष भीमबहादुर दर्लामीको निधनको शोकमा नगरका सबै शैक्षिक संस्था बन्द हुने भएका हुन् । दर्लामी गोकर्णेश्वर नगरपालिकास्तरीय परीक्षा समितिका सदस्य, एकता जेम्स इङ्लिस ऐकेडेमी, एकता जेम्स टेक्निकल फाउण्डेसन, युनिक बोर्डिङ स्कुल अर्घाखाचीका संस्थापक प्रधानाध्यापक समेत रहेका थिए । 

प्याब्सन गोकर्णेश्वर, इसान, एनप्याब्सन गोकर्णेश्वर, निसान, नेपाल शिक्षक संघ गोकर्णेश्वर र नेपाल राष्ट्रिय शिक्षक संगठन गोकर्णेश्वरले बिहिबार एक सूचना जारी गर्दै नगरभित्रका सबै शैक्षिक संस्था बन्द हुने जानकारी दिएको हो । 

प्रतिक्रिया दिनुहोस