काठमाडौं । बिल विजकभन्दा बढीबिभिन्न किसिमका हार्डवेयर तथा खुद्रा सामानहरू बोकेका ट्रक पक्राउ परेका छन् । जिल्ला पर्सा वीरगञ्ज प्रहरी कार्यालय विर्ताबाट खटिएको टोलीले करिब एक करोड रुपैयाँको अवैध पक्राउ गरेको हो । जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.१०ग्रिनसिटी चोकस्थित सडकखण्डमा ना ५ ख ४८३१ नम्बरको मालवाहक ट्रक पक्राउ गरेको हो ।
भैरहवाट्रासपोर्टबाट पठाईएको ट्रकमा विल बिजक संकास्पद देखिएको तथा विल बिजक बिनाका विभिन्न किसिमका हार्डवेयर तथा खुद्रा सामानहरूसमेत फेला परेको प्रहरीले जनाएको छ । उक्त ट्रकमा एक करोड अठार लाख छयहत्तर हजार छ सय एकानव्वे मूल्याङ्कन गरी आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको प्रहरीले बताएको छ ।
प्रतिक्रिया दिनुहोस