aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

बजेट बाहिरको खर्च २४ घण्टाभित्र बुझाउन अर्थ मन्त्रालयलाई आयोगको निर्देशन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०७ असोज २०७९
बजेट बाहिरको खर्च २४ घण्टाभित्र बुझाउन अर्थ मन्त्रालयलाई आयोगको निर्देशन

काठमाडौं । निर्वाचन आयोग नेपालले बजेट बाहिरको खर्च २४ घण्टाभित्र बुझाउन अर्थ मन्त्रालयलाई निर्देशन दिएको छ । आयोगले शुक्रबार खर्च विवरण बुझाउन मन्त्रालयलाई निर्देशन दिएको हो । 

निर्देशन सम्बन्धी विज्ञप्ती जारी गर्दै आयोगले भनेको छ, ‘वार्षिक बजेटभन्दा पृथक हुनेगरी अर्थ मन्त्रालयबाट कुन–कुन मन्त्रालय र निकायहरुमा के–कति रकम कुन–कुन योजना तथा कार्यक्रमहरुमा रकमान्तर निकासा र स्रोत सुनिश्चितता गरिएको छ, छैन भन्ने विषयमा नेपाल सरकारका अर्थसचिवबाट २४ घण्टाभित्र आयोगलाई प्राप्त हुने गरी विवरण पेश गर्न निर्देशन दिएको छ ।’

आर्थिक वर्ष २०७९/८० का लागि स्वीकृत वार्षिक बजेट तथा कार्यक्रममा नपरेका विभिन्न योजना सिर्जना गरी कार्यक्रम बनाएर अर्थ मन्त्रालय तथा निकायमा बजेट रकमान्तर निकासा र स्रोत सुनिश्चितता गरेको विषयमा आयोगको ध्यानाकर्षण भएको समेत विज्ञप्तीमा उल्लेख छ ।  
 

प्रतिक्रिया दिनुहोस