
काठमाडौं । अमेरिकी डलरको भाउ अकासिएर नेपालको इीतहासमै नयाँ रेकर्ड कायम भएको छ । नेपाल राष्ट्र बैंकले शनिबार र आइतबारका लागि निर्धारण गरेको मूल्य अनुसार १ अमेरिकी डलरको विनिमय खरिद दर १२९.२९ रुपैयाँ र बिक्री दर १२९.८९ रुपैयाँ पुगेको छ । यो हालसम्मकै उच्च मूल्य हो ।
यसअघि, नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि १ अमेरिकी डलरको विनिमय बिक्री दर १२९.६८ रुपैयाँ निर्धारण गरेको थियो । शुक्रबारभन्दा शनिबार र आइतबारका लागि निर्धारण गरिएको विनिमय बिक्रीदरभन्दा २१ पैसाले बढी हो । त्यसअघि गत ५ साउनमा १ अमेरिकी डलरको विनिमय दर बढेर १२८.२९ रुपैयाँ पुगेको थियो ।
प्रतिक्रिया दिनुहोस