aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

दशैंको बेलामा कस्तो सिंङ भएका चौपाया किन्ने ? महानगरको यस्तो सुझाव

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०९ असोज २०७९
दशैंको बेलामा कस्तो सिंङ भएका चौपाया किन्ने ? महानगरको यस्तो सुझाव

काठमाडौं । काठमाडौं महानगरपालिकाले राजधानी बासीलाई स्वस्थ मासु खुवाउन राजधानी भित्रिने खसी बोकालगायत चौपायाको स्वास्थ्य परीक्षण गर्ने भएको छ । कामपाले घटस्थापनादेखि नवमीसम्म राजधानीको चार स्थान कलंकी, टुकुचा, बालाजु, कोटेश्वर र खाद्य संस्थानको बिक्री कक्षमा चौपायाको परीक्षण गर्न लागेको हो । 

स्वास्थ्य परीक्षणपछि स्वस्थ चौपायाको सिङमा हरियो र अस्वस्थ्य चौपायाको सिङमा रातो रङ लगाइने कामपाका जनस्वास्थ्य महाशाखाका प्रमुख वरिष्ठ पशु चिकित्सक डा अवधेश झाले बताए । 

कामपाले सबै स्थलमा छुट्टाछुट्टै समूह बनाएर अनुगमन गर्ने भएको छ । कामपाका प्रवक्ता नवीन मानन्धरले विगत वर्षमा भन्दा यो वर्षा थप व्यवस्थित रुपमा परीक्षण र बजार अनुगमन गर्ने बताए । 

प्रतिक्रिया दिनुहोस