aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

दही चोरेर खाएको भन्दै बालिकालाई बाँधेर १९ घण्टासम्म यातना दिने दम्पत्तीलाई यस्तो सजाय

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०९ असोज २०७९
दही चोरेर खाएको भन्दै बालिकालाई बाँधेर १९ घण्टासम्म यातना दिने दम्पत्तीलाई यस्तो सजाय

काठमाडौं । दलित समुदायकी बालिका माथि जातीय विभेद गरेको तथा शरीर बन्धक बनाउने दम्पतीलाई जिल्ला अदालत रामेछापले जेल सजायको फैसला सुनाएको छ । जिल्ला न्यायाधीश इन्दिरा शर्माको इजलासले शुक्रवार जातीय विभेद तथा शरीर बन्धक बनाएको मुद्दामा दोषी ठहर गर्दै जरिवाना र कैद सजाय सुनाएको हो ।

जिल्ला अदालत रामेछापले शरीर बन्धक र जातीय विभेद मुद्दामा मन्थली नगरपालिका ६ भलुवाजोरका ६३ वर्षीय शेर बहादुर नगरकोटी र उनीकी धर्मपत्नी बाल कुमारी श्रेष्ठलाई नगद जरिवानासँगै कैद सजाय फैसला भएको जिल्ला अदालत रामेछापका श्रेतेदार राम प्रसाद पौडेलले बताए ।

२०७८ माघमा घरमा नभएको मौका पारेर छिमेकी १२ वर्षीया नेपाली थर भएकी दलित बालिका श्रेष्ठको घरमा पसी २ डाडु दही चोरेर खाएको अभियोगमा श्रेष्ठले वालिकालाई नियन्त्रणमा लिएको थिए । नियन्त्रणमा लिएर श्रेष्ठले आफ्नै घरको थाममा १९ घण्टासम्म दाम्लोले बाँधेर यातना दिएका थिए । दही चोरी भएको घटनाभन्दा पनि दलित बालिका घरभित्र पसेको अभियोगमा उनले घर जिम्मा नलिई बालिकालाई नफुकाउने अडान लिएर बसेका थिए ।

प्रतिक्रिया दिनुहोस