aarthiknews.com मंगलबार, ०२ असार २०८३   Tuesday, 16 June, 2026
 

अवैध लागूऔषध सहित पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०९ असोज २०७९
अवैध लागूऔषध सहित पक्राउ

काठमाडौं । मकवानपुर, हेटौंडा उपमहानगरपालिका-११ थानाभर्‍याङबाट करिब २० किलो अवैध लागूऔषध गाँजा सहित ३ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-१९ बस्ने ६० वर्षीय प्रेम बहादुर थिङ, सोही उपमहानगरपालिका-३ बसामाडी बस्ने ४० वर्षीया कबिता थिङ र ३६ वर्षीय सिरसानी मोक्तान रहेका छन् ।

बसामाडीबाट हेटौंडातर्फ जाँदै गरेको ना.२ ह २३६३ नम्बरको अटोलाई प्रहरीले जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी अटोका चालक प्रेम सहित उनीहरुलाई पक्राउ गरेको हो ।

सिन्धुली, कमलामाई नगरपालिका(९ भिमानस्थित सडकबाट ५ सय ९८ ट्याब्लेट नियन्त्रित लागूऔषध नाईट्राभेट र  करिब १ ग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ सहित सोही नगरपालिका(७ बस्ने २५ वर्षीय बिमल बस्नेतलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय भिमान र जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।     यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
 

प्रतिक्रिया दिनुहोस