aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

मतदाता रिझाउने दाउ, मङ्सिरभित्र मेलम्चीको पानी ल्याउने सरकारी तयारी

  • आजको कारोबार दैनिकबाट
    आजको कारोबार दैनिकबाट
  • सोमबार, १० असोज २०७९
मतदाता रिझाउने दाउ, मङ्सिरभित्र मेलम्चीको पानी ल्याउने सरकारी तयारी

काठमाडौं । सरकारले आगामी १ मङ्सिरभित्र मेलम्चीको पानी काठमाडौँ उपत्यकावासीलाई खुवाउने दाबी गरेको छ । ४ मंसिरमा हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा मतदातालाई सकारात्मक प्रभाव पार्न पनि चाँडोभन्दा चाँडो मेलम्ची खानेपानी आयोजना उपत्यका ल्याउने कोसिस थालिएको अन्दाज लगाउन मुस्किल नभए पनि वर्षाको समयमा मेलम्ची नदीमा बाढी आउन सक्ने र प्राकृतिक विपत्तिका कारण मेलम्ची खानेपानी आयोजनामा हुन सक्ने ठुलो वित्तीय नोक्सानी रोक्नका लागि यसअघि पनि खानेपानी बन्द गरिएको थियो । 

तर, खानेपानी मन्त्रालयले आगामी चुनाव अगाडि नै उपत्यकाको धारा(धारामा खानेपानी ल्याउने गरी काम अगाडि बढाइएको जानकारी गराएको छ । मेलम्ची खानेपानी २०७७ साल चैत दोस्रो हप्तादेखि काठमाडौँ उपत्यकामा वितरण सुरु भएको भएको थियो । तर २०७८ असार १ गते मेलम्ची नदीमा आएको बाढी, पहिरोका कारण आयोजनाको संरचनामा क्षति पुगेपछि खानेपानी वितरण बन्द भएको थियो । प्राकृतिक विपत्तिबाट आयोजनामा हुन सक्ने क्षति जोगाउन भन्दै गत १७ जेठ मेलम्ची खानेपानी आयोजनाको सुरुङको मूल ढोका बन्द गरिएको हो ।

प्रतिक्रिया दिनुहोस