aarthiknews.com मंगलबार, ०२ असार २०८३   Tuesday, 16 June, 2026
 

न्युरोडमा यी दिन प्रवेश गर्न पाइँदैन दुई पाङ्ग्रेसहितका सवारी साधन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १० असोज २०७९
न्युरोडमा यी दिन प्रवेश गर्न पाइँदैन दुई पाङ्ग्रेसहितका सवारी साधन
फाइल फोटो

काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले न्युरोड क्षेत्रमा हुने सवारी चापलाई दृष्टिगत गरी  सवारी साधन (यात्रुवाहक, मालवाहक, निजी तथा दुईपाङ्ग्रेसमेत) लाई मिति तोकेर प्रवेश निषेध गरेको छ । कार्यालयले आज एक सूचना जारी गरी असोज १० गते घटस्थापना, १४ गते पञ्चमी, १५ गते षष्ठी र असोज १६ गते फुलपातीका दिन बिहान १० बजेदेखि साँझ सवारी चाप सामान्य नहुन्जेलसम्मका लागि डाइभर्सन गरी खुल्लामञ्चमा पार्किङको व्यवस्था मिलाइएको जनाएको छ । प्रहरीले तोकिएको मिति र समयमा सवारी साधन नलगी ट्राफिक व्यवस्थापनमा सहयोग गर्न सवारी चालक तथा सवारीधनीमा अनुरोध गरेको छ । 
 

प्रतिक्रिया दिनुहोस