aarthiknews.com मंगलबार, ०२ असार २०८३   Tuesday, 16 June, 2026
 

धनुषाबाट १९ किलो चाँदीसहित भारतीय नागरिक पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १० असोज २०७९
धनुषाबाट १९ किलो चाँदीसहित भारतीय नागरिक पक्राउ

काठमाडौं । सशस्त्र प्रहरीले धनुषाबाट १९ किलो चाँदीसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । सशस्त्र प्रहरीले भारत विहार मधुवनी जिल्लाको सुट्ठी गाउँका ५० वर्षीय चन्द्रकान्त झालाई पक्राउ गरेको हो ।

शरीरको विभिन्न भागमा लुकाएर साइकलमा भारतबाट नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा जाँच गर्दा पक्राउ गरिएको सशस्त्र प्रहरी बल जटहीका प्रहरी नायब उपरीक्षक निर्मल खड्काले जानकारी दिए ।   

उनले बरामद गरिएको १९.४१७ केजी चाँदीको रु १९ लाख ६४ हजार तीन सय ४० मूल्य बरावरको रहेको बताए । बरामद चाँदीसहित पक्राउ परेका भारतीय नागरिकलाई आवश्यक कारबाहीका लागि जनकपुर भन्सार कार्यालयमा बुझाइएको प्रहरी नायब उपरीक्षक खड्काले बताए ।  

प्रतिक्रिया दिनुहोस